रास्वपा सभापति लामिछाने र चिनियाँ रादजूतबीच भेट

काठमाण्डु टुडे २०८० साउन ३१ गते १६:२६ मा प्रकाशित

काठमाण्डु, ३० साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच भेट भएको छ ।

लामिछाने र राजदूत सङबीच रास्वपा कार्यालय वनस्थलीमा बुधबार शिष्टाचार भेट भएको हो ।

रास्पवाले भेटमा नेपाल–चीन सम्बन्धबारे छलफल भएको जनाएको छ । नेपालको आर्थिक विकास, सुशासन र ग्रामीण विकासमा चीनको सहयोगका विषयमा समेत छलफल भएको बताइएको छ ।

त्यस क्रममा सभापति लामिछानेले उत्तरी सीमानामा नेपालीले भोग्दै आएका समस्याबारे राजदूतको ध्यानाकर्षण गराएको जानकारी रास्वपाले दिएको छ ।

राजदूतको एक जिज्ञाशामा सभापति लामिछानेले आफ्नो दल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए ।

भेटमा रास्वपा विदेश विभाग प्रमुख शिशिर खनाल तथा केन्द्रीय सदस्यहरु लिमा अधिकारी र प्रतिभा रावल सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us