एमाले विद्यार्थीद्वारा बुटवलमा चक्काजाम

काठमाण्डु टुडे २०८० साउन ३१ गते १२:१५ मा प्रकाशित

बुटवल, ३१ साउन– एमाले सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध बुटवलमा चक्काजाम गरेको छ ।

अनेरास्ववियुका कार्यकर्ताले बुधबार एक घण्टा बुटवल बहुमुखी क्याम्पस अगाडि बिहान ७ देखि ८ बजेसम्म एक घण्टा चक्काजाम गरेका हुन् । अनुरास्ववियुको चक्काजामका कारण एक घण्टासम्म सिद्धार्ज राजमार्गमा यातायातका साधन नचल्दा सर्वसाधारण यात्रुले दुःख पाएका थिए ।

भारतीय आयल कर्पोरेशन (आइओसी) ले नयाँ मूल्य सूची पठाएसँगै आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य बढाएको थियो । निगमले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलमा १४ रुपैयाँ मूल्य बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us