
गोरखा, २७ साउन– गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकमा पल्लोटारमा अजिङ्गर फेला परेको छ ।
वन सबडिभिजिन कार्यालय सिउरेनीटारका प्रमुख रविआनन्द गोपालीले २२ केजी तौल भएको अजिङ्गर भेटिएको बताए । भुम्लिचोक र चितवनको फिस्लिङ जोड्ने नयाँ पुल नजिकै कच्ची सडकमा झरेको पहिरोमा अजिङ्गर फेला परेको उनले बताए ।
वडाध्यक्ष तुलबहादुर गुरुङले अजिङ्गर भेटिएको खबर वन कार्यालयलाई दिएका थिए । खबर पाएलगत्तै वन कर्मचारीले अजिङ्गरको उद्धार गरेका छन् ।
अजिङ्गरलाई अहिले सबडिभिजन वन कार्यालयमा राखिएको छ । अजिङ्गरलाई कहाँ लगेर छोड्ने भन्नेबारे निर्णय हुन बाँकी छ ।