आफैंले बोकेको बन्दुक पड्किएर अर्घाखाँचीमा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८० साउन २६ गते १७:४० मा प्रकाशित

काठमाण्डु, २७ साउन- अर्घाखाँचीमा बाँदर धपाउन बोकेको बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका९७ का पदम केसी रहेका छन। को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले बताए।उनले शुक्रबार बिहान घर नजिकैको मकैबारी बारीमा बाँदर र बदेल धपाउन भरूवा बन्दुक बोकेर गएका थिए।

अचानक गोली पड्किएर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।बन्दुक कसरी पड्कियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दीएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us