सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक!

काठमाण्डु टुडे २०८० साउन २५ गते १८:२८ मा प्रकाशित

काठमाण्डु, २५ साउन- नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ।

प्राधिकरणले शुक्रबारदेखि सिम्रिक एयरकाको सबै हेलिकप्टर उडानमा रोक लगाएको हो । कम्पनीलाई पटक पटक बक्यौता तिर्न ताकेता गर्दा पनि अटेर गरेपछि उडानमा रोक लगाएको प्राधिकरणले जनाएको छ।

सिम्रिकले विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी रहेको छ। सिम्रिकले हाल ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us