सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै प्रतिनिधिसभामा एमाले सांसदहरुले नाराबाजी

काठमाण्डु टुडे २०८० साउन २४ गते १३:३६ मा प्रकाशित

काठमाण्डु, २४ साउन- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।

बुधबार दिउँसो १ बजे बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो । उनीहरूले उच्चस्तरीय छानबिन समिति माग गर्दै नाराबाजी र वेल घेराउ गरेका थिए।

एमाले सांसद सूर्य थापाले सुन प्रकरण छानबिनबारे गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएकोले संसद बैठक चल्न नसक्ने बताए।सभामुख देवराज घिमिरेले कार्यसूचीअनुसार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए।

तर एमाले सांसदहरूले नाराबाजी जारी राखेपछि बैठक स्थगित भएको छ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us