ज्यानको आश मारिसकेका दुई मजदुरलाई जब प्रहरीले बचायो…

काठमाण्डु टुडे २०८० साउन २४ गते ८:५१ मा प्रकाशित

सर्लाही, २४ साउन– सर्लाहीमा भारी वर्षासँगै आएको बाढीमा फसेका दुई जनाको प्रहरीले ज्यान बचाएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बागमती नदीमा निर्माणधीन पुलमा चौकीदारका रुपमा कार्यरत दुई मजदुरको ज्यान प्रहरीले बचाएको सर्लाही एक्कासी बाढी आएपछि दुवै जना ज्यान बचाउन रुखमा चढेको सर्लाही प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

‘दुवै जनाले ज्यानको आस मारिसेकका रहेछन्’, उनले भने, ‘समयमै जानकारी पाएकाले प्रहरीले ज्यान बचाउन सफल भयो ।’ यस्तै सुरक्षाकर्मीले बागमती नदीको बाढीमा फसेका धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका ७० सर्वसाधारणको उद्धार गरेका छन् ।

मङ्लगबार दिउँसो घाँस काट्न र गाईवस्तु चराउन जंगल गएका उनीहरु नदीमा आएको बाढीमा फसेका थिए । उनीहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us