
काठमाण्डु, २३ साउन– मकवानपुरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।
बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर ६ जना बेपत्ता भएको मकवानपुर प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए । सात जना पुरिएकामा एक जनाको उपचारमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको रिजालले बताए ।
रिजालका अनुसार घटनास्थल मकवानपुर र काभ्रेको सीमा क्षेत्रमा पर्छ । उद्धारका लागि मकवानपुरको भोर्लेनी र काभ्रेबाट समेत प्रहरी खटाइएको उनले बताए ।