
काठमाण्डु,२१ साउन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी र नेतृत्व विरुद्ध घेराबन्दी भइरहेको बताएका छन् ।
आइतबार जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफनो नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको बताए ।’
उनले भने, आज पनि लिडरसिप र पार्टीमाथि घेरावन्दी छ, जेल हाल्ने कुरा गरेका छन् अझै । ‘तिनका षड्यन्त्र परास्त गर्न राजनितिक दलले पनि सहयोग गरेर तिनलाई महाअभियोग लगाउनु पर्ने अवस्था आयो ‘हामीमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता थियो र आज पनि छ ।
‘’यद्यपि यो बैठकबाट पार्टी मुख्य नेतृत्वको वरिपरि एकतावद्ध हुने स्थिति बनेको उनले बताइ।