
काठमाण्डु, २१ साउन -अब देखी प्रहरी चारित्रिक प्रमाणपत्र (रिपोर्ट)लाई पूर्ण रुपमा अनलाइन बाटै प्रमाणीकरण गरिने भएको छ ।
आज परराष्ट्रमन्त्री एनपी साउदले काठमाण्डुस्थित कन्सुलर सेवा विभाग पुगेर उक्त सेवाको उद्घाटन गरेका हुन। अनलाइन प्रणालीबाट फारम भर्ने र रिपोर्ट लिने व्यवस्था सञ्चालनमा आएपछि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि सेवाग्राही स्वयम उपस्थित हुनुपर्ने, काठमाण्डुआएर घण्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।