
सर्लाही, १९ साउन– सर्लाहीमा किशोरीमाथि बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बागमती नगरपालिका–१० का ३२ वर्षीय नरबहादुर विश्वकर्मा छन् । विश्वकर्माले शंकरपुरकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप प्रहरीले लगाएको छ ।
घरमा कोही नभएको मौकामा विश्वकर्माले १५ साउनमा किशोरीमाथि जबर्जस्ती करणी गरेका थिए ।
किशोरीको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र विकलाई आवश्यक कारबाहीका लागि अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको सर्लाही प्रहरीले जनाएको छ ।