घर जग्गा किन्नेलाई ऋणको सीमा बढाइयो

काठमाण्डु टुडे २०८२ असार २७ गते १३:५७ मा प्रकाशित

काठमाण्डू, २७ असार– नेपाल राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको छ । आज (शुक्रबार) नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष ०८२–८३ को मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिलाई घर किन्न दिइने आवासीय घर कर्जाको अधिकतम सीमा ३ करोड पुर्‍याइएको घोषणा गरे ।

यसअघि यस्तो कर्जा सीमा २ करोड रहेको थियो । पहिलो पटक घर किन्नेलाई मूल्यांकनको ८० प्रतिशतसम्म आवासीय कर्जा दिइने भएको छ । यसअघि यस्तो कर्जा सीमा ७० प्रतिशत थियो ।

त्यस्तै घरजग्गा खरिदमा दिइने कर्जाको सीमा पनि बढाइएको छ । यसअघि घरजग्गाको मूल्यांकनमा ५० प्रतिशत मात्रै बैंकले ऋण दिने गरेकोमा त्यसलाई बढाएर ७० प्रतिशत कायम गरिएको छ । अब मूल्यांकनको ७० प्रतिशतसम्म बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्न सकिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us