
काठमाण्डु ,१८ साउन- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ।
बैठक अपराह्न ४ बजे बस्दैछ। अनुशासन एवं आचरण सम्बन्धी नियमावलीमाथि छलफलका लागि बैठक डाकिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
छलफलका लागि थप एजेण्डामा बझाङ र रुपन्देहीको घटनालाई बनाइएको छ । बझाङमा जिल्ला संयोजकले पत्रकारलाई कुटपिट गरेको आरोप लागेको थीयो।