कोशीको मुख्यमन्त्रीमा उद्धव थापाद्वारा दाबी पेस

काठमाण्डु टुडे २०८० साउन १६ गते १७:१९ मा प्रकाशित

काठमाण्डु, १६ साउन- कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पुन दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालय पुगेर थापाले सत्ता गठबन्धनका तर्फबाट ४७ सांसदको समर्थनमा सरकारको दाबी पेस गरेका हुन् । थापाले काँग्रेसका २९, माओवादी केन्द्रको १३, नेकपा ९एकीकृत समाजवादी०को ४ र जसपाको १ सांसद सहित दाबी प्रस्तुत गरेका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us