कोशीका सभामुख बाबुराम गौतमले दिए राजीनामा

काठमाण्डु टुडे २०८० साउन १६ गते १६:४५ मा प्रकाशित

काठमाण्डु, १६ साउन- कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् ।

उनले मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । गौतमले आफूले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पनि पठाएका छन् ।

माओवादी केन्द्रबाट निर्वाचित भएका गौतम तत्कालिन प्रदेश नम्बर १ को सभामुखमा गत पुस २८ गते प्रदेश सभाबाट निर्विरोध निर्वाचित भएका थिए ।गत असार २१ गते नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापालाई समर्थन गरेपछि तिब्र आलोचनाको सिकार भएका गौतम सर्वोच्चले आफ्नो कदम असंवैधानिक ठहर गरेपछि दलहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।

तर उनले सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्यारउनका लागि आफ्नो तटस्थ भूमिका त्यागेका हुन् ।पत्रकारहरुसँग कुरा गर्दै गौतमले प्रदेशको स्थायीत्वका लागि आफ्नो राजीनामा उचित हो भन्नेमा आफू सहमत नभए पनि परिस्थितिले बाध्य भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us