काठमाण्डु, १६ साउन- निर्माण व्यवसायीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन्।
उनीहरुरुले मंगलबार डोजर लगायतका निर्माण यन्त्रहरुसहित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन गरेका हुन। उनीहरूले बिहान ९ बजेदेखि १० बजेसम्म प्रदर्शन गरेका हुन्।
विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे मागसहित आन्दोलन थालेको जानकारी गराउँदै माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए ।
निर्माण व्यवसायीलाई काममा फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठोस कार्ययोजनासमेत ल्याउनुपर्ने उनको भनाइ छ।व्यवसायीहरुले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, उपभोक्ता समितिबाट हुने निर्माण कार्य खारेज गरलगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।