
कठमाण्डु, १६ साउन- सिरहामा एक युवक मृत फेला परेका छन ।
मृतकको सनाखत भएको छैन । सिरहाको गोलबजार नगरपालिका ३ गागण खोलाको पश्चिम तर्फ किनारमा रहेको बाँस घारीमा अन्दाजी ३०–३५ वर्षको युवकको शव फेला परेको हो ।
आज बिहान ७ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलको प्रकृति हेर्दा शंकास्पद देखिएकाले उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेकोबताएको छ।