
काठमाण्डु, १५ साउन-काठमाण्डु महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउने तयारी गरेसँगै कार्यकर्ताहरुले अवरोध गर्न थालेका छन् ।
पार्टी कार्यालय मापदण्ड मिचेर बनाइएकोभनदै । महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा पार्टी कार्यालय हटाउने तयारी गरीयको थतीयो। बिजुलीको हाइटेन्सन लाइनमुनि कार्यालय भवन रहेको भन्दै महानगरले हटाउन राप्रपालाई गत शुक्रबार समय दिएको थियो।
तर राप्रपाले कार्यालय नसारेपछि महानगरपालिकाको टोली सोमबार पार्टी कार्यालय भत्काउने तयारी गरेको छ। महानगरले कार्यालय भत्काउने खबरपछि राप्रपाका नेता, कार्यकर्ताहरूले केन्द्रीय कार्यालय जाने बाटोमा कार्यकर्ताले गाडी तेर्स्याएर अवरोध सुरु गरेका छन् ।
यस्तै पार्टी कार्यालय परिसरमा ठूलो सङ्ख्यामा नेता कार्यकर्ताको भीड लागेको छ ।कठमाण्डु महानगरपालिकाले भने तोकिएको समयमा कार्यालय नहटाइएकाले भत्काउन जाने लागिएको कताएको छ।