माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने

काठमाण्डु टुडे २०८० साउन १५ गते ११:५३ मा प्रकाशित

काठमाण्डु, १५ साउन- नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ।

बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको हो ।

बैठकलाई पूर्णतया लाइभ गर्ने भनेका छौं । त्यसो हुँदा समाचार संकलन गर्न मात्रै होइन आम पार्टी कार्यकर्ता र जनसमुदायलाई पनि हाम्रो बैठकबारे जानकारी पाउन सहज हुन्छ भन्ने लागेको छ’, पार्टी सचिव देवेन्द्र पौडेलले बताए ।‘

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us