
काठमाण्डु, १५ साउन– काठमाण्डुको टोखाबाट १२ जुवाडे पक्राउ परेका छन् ।
टोखाको मिलन टोलस्थित एक होटलमा जुवा खेलिरहेका १२ जना पक्राउ परेका हुन । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी अंगुर जिसीका अनुसार राजेन्द्रप्रसाद जोशीले सञ्चालन गरेको सेती गण्डकी गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुको साथबाट १० लाख ४४ हजार ५०० नेपाली नगद र २ हजार सय सय भारू बरामद गरिएको जिसीले बताए । जिसीले त्यसबारे थप अनुसन्धान जारी रहेको उल्लेख गरे ।