तनहुँको मादी नदीमा एक पुरुषको शव फेला

काठमाण्डु टुडे २०८० साउन १३ गते १२:१५ मा प्रकाशित

काठमाण्डु १३ साउन -तनहुँको व्यास नगरपालिका–१० स्थित मादी नदीमा आज एक पुरुषको शव फेला परेको छ ।

बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो ।

अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको सनाखतका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ । शवलाई दमौली अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us