बिरामीको भिडियो र तस्बिर सामाजिक सञ्जालमा राखे कारबाही

काठमाण्डु टुडे २०८० साउन १२ गते २१:४० मा प्रकाशित

काठमाण्डु, १२ साउन– नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्ने गरी उपचार गरिरहेको भिडिओ, तस्बिर वा भनाइ सामाजिक सञ्जालमा नराख्न भनेको छ ।

बिरामीको मञ्जुरीबिना ती चिज सामाजिक सञ्जालमा नराख्न काउन्सिलले आग्रह गरेको हो ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लिखित विवरण मात्र राख्न पाइने बताए ।

नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ मा चिकित्सकका लागि समाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम उपयोगबारे व्यवस्था गरिएको छ ।

 

रजिष्ट्रार अधिकारीले भने, ‘चिकित्सकले पेसागत मर्यादा विपरीतका अभिव्यक्ति सम्प्रेषण गर्नु हुँदैन ।’ सो नियमावलीविपरीत भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरोलगायत निकायबाट कारबाही हुनसक्ने चेतावनी अधिकारीले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us