
विराटनगर, ११ साउन– कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफूले राजीनामा नदिने बताएका छन् ।
काँग्रेस नेता उद्धब थापा नेतृत्वको सरकार असंवैधानिक रहेको ठकर गर्दै सर्वोच्च अदालले बुधबार खारेज गरेपछि गौतमको राजीनामा माग भएको छ । सभामुखको तटस्थ भूमिका तोडेर गौतमले थापा नेतृत्वमा सरकार गठन गर्न हस्ताक्षर गरेका थिए ।
एमाले नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की सभामुखले समेत मत दिएर गठित प्रदेश सरकार असंवैधानिक भएकाले खरेज गरी संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेताका हैसियतमा आफ्नो नेतृत्वमा सरकार गठनको परमादेश माग गर्दै सर्वोच्च गएका थिए । सर्वोच्चको पूर्ण इजलासले बुधबार थापा नेतृत्वको सरकार खारेज गरिदिएको छ । गौतमले आफूले अदालतको फैसलाको सम्मान गर्ने तर, राजीनामा नदिने स्पष्ट गरे ।
‘सर्वोच्च अदालतले मेरो कदमलाई करेक्सन गरिदिएको छ । म फैसलाको सम्मान गर्छु’, गौतमले भने, ‘तर, राजीनामा दिने कुरा छैन, कसैले राजीनामा मागेको अवस्था पनि होइन ।’ गौतमले प्रदेशको स्थायित्वका लागि बाध्यात्मक अवस्थामा आफूले सरकार गठनका लागि हस्ताक्षर गरेको तर्क गौतमले गरे ।