मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाण्डु टुडे २०८० साउन ११ गते १०:०५ मा प्रकाशित

दाङ, ११ साउन- दाङको लमही नगरपालिका–१ देउखुरी नर्तीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रा४प ५६०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा देउखुरी नर्तीका ४० वर्षीय सन्तु चौधरीको मृत्यु भएको दिल्ली प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  मोटरसाइकल चालक फरार छन् भने मोटरसाइकल  प्रहरी नियन्त्रणमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us