घूस लिएको आरोपमा बुढानिलकण्ठबाट प्रहरी हवल्दार पक्राउ

काठमाण्डु टुडे २०८० साउन ११ गते ७:५६ मा प्रकाशित

काठमाण्डु, ११ साउन– प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत बरिष्ठ हवल्दार विष्णुसिंह घूस लिएको आरोपमा पक्राउ परेका छन् ।

सेवाग्राहीबाट घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंहलाई बुधबार बुढानीलकण्ठ–२ वासिकबाट पक्राउ गरेको हो ।
सिंहले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गरिदिने भन्दै घूस लिएको अख्तियार प्रवक्ता भोला दाहालले बताए ।

दाहालका अनुसार सिंहले उक लाख रुपैयाँ घूस लिएका थिए । अख्तियारले श्रोत नखुलेको ६२ हजार ५ सय १५ रुपैयाँसहित पक्राउ गरिएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us