गगनले फर्काए आरजुलाई जवाफ

काठमाण्डु टुडे २०८० साउन ८ गते १८:५४ मा प्रकाशित

काठमाण्डु, ८ साउन– काँग्रेस महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई जवाफ फर्काएका छन् ।

केन्द्रीय समिति बैठकमा सदस्यहरुले राखेका धारणाबारे सोमबार जवाफ दिने क्रममा थापाले आरजुको भनाइको प्रतिवाद गरेका हुन् । केही दिनअघि बैठकमा बोलीकी आरजुले महामन्त्रीको प्रस्ताव पार्टीलाई अघि बढाउने खालको नभई ‘एनिजओ’ को विसलिष्ट’ को संज्ञा दिएकी थिइन् ।

थापाले बैठकले एक वर्षे कार्यतालिका पेश गरेका थिए । जवाफमा उनले आफूसँग एनजिओमा काम गरेको अनुभव नरहेको बताए । आफूले पार्टी विधानको व्यवस्थाअनुसार समयबद्ध कामका लागि वार्षिक कार्यतालिका केन्द्रीय समितिमा पेश गरेको बताएका छन् ।

‘केही विद्वान साथीहरूले यो एनजीओको विसलिष्टजस्तो छ पनि भन्नुभयो’, आरजुको नाम उल्लेख नगरी उनले भने, ‘एनजीओमा धेरै काम नगरेको हुनाले मलाई यसबारे अनुभव छैन ।’

पार्टीमा विधानको शासन हुन्छ र समयबद्ध काम हुन्छ भनेर कार्ययोजना ल्याइएको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us