
कठमाण्डु, ७ साउन- कञ्चनपुरको गड्डाचौकीस्थित महाकाली सिँचाइको नहरमा एक शव भेटिएको छ ।
सिँचाइ नहरमा शव बग्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान गर्न तथा शव पहिचान गर्न प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिएका छन ।