
काठमाण्डु, ६ साउन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटली जाँदैछन् ।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा सहभागी हुन प्रधानमन्त्री इटली जान लागेका हुन् ।
प्रधानमन्त्री साँझ ६ बजे कतार एयरको उडानमार्फत इटली प्रस्थान गर्ने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । आचार्यका अनुसार अतिकम विकसित मुलुकको अध्यक्ष राष्ट्रका हैसियतमा सोमबार प्रधानमन्त्रीले सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीसँगै कृषि तथा पशुपन्छी विकासमन्त्री डा। बेदुराम भुसालसहित उच्च सरकारी अधिकारी इटली जाँदैछन् । प्रधानमन्त्री ९ साउनमा स्वदेश फर्कने कार्यसूची छ ।