
काठमाण्डु ,४ साउन- त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुन स्कुटरका ब्रेक शुसहीतको तौल नेपाल राष्ट्र बैंकले लिएको छ ।
राष्ट्रबैंकले ती ब्रेक सु जोख्दा कुल तौल १५५ किलो आएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दियो ।तर त्यसमा बेरिएको कपडा, कार्टुन, ब्रेक सु निकालेर जोख्दा भने सुनको परिमाण कम हुने बताएको छ।
अब ती ब्रेक सुबाट सुन निकालेर जोखिने बताएको छ । ‘ब्रेक शु भित्र सुनका साना साना टुक्रा छन्, त्यसैले सबै निकालेर जोख्न केही समय लाग्ने स्रोतले बतायो।
राजस्व अनुसन्धान विभागले बुधवार काठमाण्डुको सिनामंगलबाट भन्सार पास भइसकेको अवस्थामा ब्रेक सुमा लुकाएर राखेको सुन बरामद गरेको थियो । ती ब्रेक सुमा १०० किलोग्रामभन्दा बढी सुन भएको अनुमान विभागको छ ।