भ्रष्टाचारमा मुछिएका नेताहरूलाई निलम्बन गर्न कांग्रेस रूपान्तरण अभियानको माग

काठमाण्डु टुडे २०८० साउन २ गते १४:४० मा प्रकाशित

काठमाण्डु, २ साउन- कांग्रेस रूपान्तरण अभियानले नक्कली भुटानी शरणार्थी र ललिता निवासलगायत प्रकरणमा मुछिएका नेताहरूलाई कारबाही गर्न माग गरेको छ।

मंगलबार मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई बुझाएको सुझाव प्रतिवेदनमा भ्रष्टाचारमा मुछिएका नेताहरूलाई निलम्बन गर्न माग गरिएको हो।

रूपान्तरण अभियानले भ्रष्टाचार तथा अख्तियार दुरूपयोगमा दोषी ठहरिएका व्यक्तिलाई जति उच्च पद उति बढी सजायु को व्यवस्था गर्नसमेत माग गरेको छ।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा छन्। उनलाई निलम्बन गर्नेबिषयमा पार्टी भित्र मतभेद रहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us