एकीकृत समाजवादीको सचिवालय बैठक कीर्तिपुरमा जारी

काठमाण्डु टुडे २०८० साउन १ गते १३:१४ मा प्रकाशित

काठमाण्डु ,१ साउन- नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक जारी छ ।

कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।बैठकमा राजनीतिक र सैद्धान्तिक विषयमा छलफल हुनुका साथै पार्टी कमिटीका रिक्त पदमा मनोनयनका बारेमासमेत छलफल हुने छ ।

बैठकको पहिलो दिन सात जना सदस्यहरुले धारणा राखेका थिए भने दोस्रो दिन २ जनाले धारणा राखेका थिए ।सोमबारको बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता गंगालाल तुलाधर र विजय पौडेलले बोल्ने कार्यसूची छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us