ट्रक दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते

काठमाण्डु टुडे २०८० साउन १ गते १२:५० मा प्रकाशित

काठमाण्डु ,१ साउन- मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपामा आइतबार साँझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–७ बस्ने ३८ वर्षीय लक्ष्मी तामाङ छन्। यस्तै दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा ट्रक चालक हिलिहाङ गापा–७ बस्ने ४५ वर्षीय ज्ञानु भन्ने पारसमणि थापा र सोही स्थान बस्ने ३१ वर्षीय जीवन गदाइली छन्।

उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दिवश कुँवरले जानकारी दिए। फिदिमबाट ताप्लेजुङतर्फ जाँदै गरेको ना२ख ९२१५ नंको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल झरेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us