
काठमाण्डु, १ साउन– सिसडोलबासीले काठमाण्डु उपत्यकाको फोहोर बिसर्जन रोक्ने भएका छन् ।
संघीय र स्थानीय सरकारले पटकपटक गरेको सहमति कार्यान्वयन नगरेको भन्दै सिसडोलबासी आन्दोलित भएका हुन् । २०५० सालयता उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा बिर्सजन गरिँदै आएको छ ।
काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले समेत आफूहरुलाई आश्वासन मात्र दिएको आरोप स्थानीयले लगाएका छन् । मानिस र फोहोर सँगै रहन नसक्ने भएकाले फोहोर रोक्ने निस्कर्षमा आफूहरु पुगेको सिसडोल बञ्चरेडाँडा सरोकार समितिका पूर्वसंयोजक राममणि घिमिरेले बताए ।
राज्यले प्रभावित क्षेत्रका बासिन्दालाई स्वास्थ्य, शिक्षा, रोगजारी पशु बीमालगायत सुविधा उपलब्ध गराउने बाचा गरेर पनि कार्यान्वयन नगरेको उनले उल्लेख गरे ।