काठमाण्डु, ३१ असार- ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप ५ दिन हिरासतमा राख्न काठमाण्डु जिल्ला अदालतले अनुमति दिएको छ।
आइतबार जिल्ला अदालतले थप ५ दिन अनुसन्धान गर्न समय दिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले बताएका छन।बालुवाटारस्थित ललिता निवासमा रहेको जग्गाको कागजात कीर्ते गरी हडपेको आरोपमा प्रहरीले हाल सम्म १७ जनालाई पक्राउ गरिसकेको छ।
जस्मध्य सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे, समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल, नक्कली मोही देवनारायण महर्जन लगायतका अन्य १७ जानालाई प्रहरीले यस प्रकरणमा पक्राउ गरेको हो।
सिआइबीले ललिता निवासको १४३ रोपनी जग्गा हडपेको निष्कर्ष निकालेको छ।