संसदमा नौटंकी बन्द गरियोस्ः श्रेष्ठ

काठमाण्डु टुडे २०८० असार ३१ गते १७:०९ मा प्रकाशित

काठमाण्डु, ३१ असार– नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले प्रतिनिधिसभामा नौट.की बन्द गर्न आग्रह गरेका छन् ।

उनले मधेस र मधेसी जनताको हितमा विधेयक आउने समयमा जहिले पनि संसदमा विरोध र अवरोध हुने गरेको बताए । बोली र व्यवहारमा फरक रहेका राजनीतिक दलले मिटरब्याजी विरोधी विधेयक आउन लाग्दा विरोध गरेको भन्दै आपत्ति जनाए ।

‘जबजब मधेस मधेसी र र मधेशमा बसोबास गर्ने जनताहरुको अनुहारमा खुसीयाली आउने विधेयकहरु संसदमा प्रस्तुत हुन्छन् तब केही पार्टीहरुले पाँच बित्ता उफ्रीउफ्री सदन अवरुद्ध गर्छन्’, श्रेष्ठले प्रतिनिधिसभाको शून्य समयमा आइतबार बोल्दै भने, ‘केही दिनपछि त्यही पार्टीका आदरणीयहरुले सात बित्ता उफ्रिएर त्यही विधेयक प्रस्तुत गरियोस् भनिन्छ । यसरी नौटंकी गरिन्छ । कृपया यो नौटंकी बन्द गरियोस् । म अनुरोध गर्न चाहन्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us