दुर्गा प्रसाईंले पत्रकारलाई मार्ने धम्की दिएः महासंघ

काठमाण्डु टुडे २०८० असार ३१ गते १६:३८ मा प्रकाशित

काठमाण्डु, ३१ असार– नेपाल पत्रकार महासंघले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै आपत्ति जनाएको छ ।
महासंघले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो ललितपुर शाखाका सदस्य एवं विकासन्युज डटकमका प्रधानसम्पादक पौडेललाई समाचारको विषयलाई लिएर प्रसाईंले ज्यान मार्ने धम्की दिएकामा ध्यानाकर्षण भएको जनाएको छ । सचिव गोविन्द चौलागाईंद्वारा जारी विज्ञप्तिमा असार २९ गते शुक्रबार बेलुका ६ बजेर ५५ मिनेटमा प्रसाईले ९८०१०५२२२२ नम्बरबाट फोन गरी धम्कीपूर्ण शब्द प्रयोग गरेर पत्रकार पौडेललाई धम्क्याएको उल्लेख छ ।
संप्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए त्यसउपर कानुनी उपचारमा जानसकिने स्थापित पद्धति र प्रावधानलाई बेवास्ता गर्दै पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको ठकर महासंघको छ ।

‘महासंघ पत्रकारलाई हतोत्सा हित र आतंकित पार्ने यस्तो धम्कीको भत्र्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ । धम्की सार्वजनिक रूपमा फिर्ता लिई संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र प्रेस स्वतन्त्रताविरोधी कार्य नदोहो¥याउन सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गराउँदै महासंघ पत्रकार सुरक्षामा गम्भीर भई पत्रकारलाई निर्धक्क र स्वतन्त्र रूपमा सञ्चार कर्ममा जुट्ने वातावरण निर्माण गर्न महासंघले सरकारसँग माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us