
काठमाण्डु,३० असार- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताएका छन् ।
शनिबार काठमाण्डसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवालेएस्तो बताएका हुन। सभापति देउवाले सबै आदिवासी जनजातिहरू सहभागिता, समर्थनमा मात्रै नभई पार्टीप्रति प्रतिबद्ध हुन जरुरी रहेको बताए ।
‘नेपालको राजनीतिमा सबैको भूमिका सबैको सहभागितामा उदार हुनुपर्ने आवश्यकता छ । साथसाथै सबैलाई कुनै न कुनै किसिमले समावेशी, राजनीतिसहित सबै ठाउँमा, हरेक ठाउँमा उहाँहरूको पनि समावेशी हुन आवश्यक छ । सबै जनताको सहभागिता आवश्यक छ, पार्टीमा उनले भने, ।’