भारतमा खोलाले बगाउँदा एक नेपालीको मृत्यु

काठमाण्डु टुडे २०८० असार ३० गते १७:२९ मा प्रकाशित

काठमाण्डु, ३० असार -भारतमा खोलाले बगाउँदा एक नेपालीको मृत्यु भएको छ। म्ृत्यु हुनेमा रोल्पाको त्रिवेणी-४ चालढुंगा निवासी ४७ वर्षीय नरेश वली रहेका छन।

वलीको असार २५ गते खोलाले बगाउँदा चन्डीगढमा मृत्यु भएको प्रहरीको भनाइ छ । बिदाको दिनमा आफन्तसहित चन्डीगढस्थित अमरावाती नदी किनारमा घुमघाम गर्न पुगेका बेला उक्त नदीको ड्याम खोलिँदा एक्कासि आएको बाढीले उनलाई बगाएको थियो ।

नरेशका भाइ कविराज नदीमै हाम फालेर दाइलाई बचाउने प्रयास गरे पनि उनको प्रयास असफल भएको थियो। उनको शव दुई दिनपछि असार २७ गते बुधवारका दिन बेलुकी ६ बजे करिब ३५ किलोमिटर टाढाको मुबारकपुरमा फेला परेको थीयो ।

वलीको शवको पोस्टमार्टम भारतको पन्चुला सेक्टर ६ स्थित अस्पतालमा गरिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us