काठमाण्डु, २८ असार -परराष्ट्रमन्त्री नारायणप्रकाश साउद ले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुङ्गिने बताएका छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले यस्तो बताएका हुन । मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्यान्ड, युएई र कुवेत गरी ७ स्थानमा राजदूत पद रिक्त रहेको बताए ।
उनले राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको बताए । ।उनले भने, ‘हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्यान्ड, युएई र कुवेत गरी ७ स्थानमा राजदूत पद रिक्त रहेको छ ।
राजदूत नियुक्तीमा सरकारले परराष्ट्र भित्रबाट ५० प्रतिशत र परराष्ट्र बाहिरबाट ५० प्रतिशत गर्ने कार्यविधिको प्रावधान छ । सोही कार्यविधि अनुसार नियुक्त गर्ने सम्बन्धमा उच्च तहमा छलफल भइहेको छ । यो प्रक्रिया तत्काल टुङ्गिनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’