वीरगञ्जमा १५ केजी चरेशसहित २ जना पक्राउ

काठमाण्डु टुडे २०८० असार २७ गते १६:३८ मा प्रकाशित

काठमाण्डु,२७असार–वीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाट १५ केजी चरेश र एउटा मोटरसाइकलसहित दुई जना व्यक्तिलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

प्क्रउ पर्नेमा पर्साको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझी रहेका छन। बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकलको ट्याङकीमा लुकाइ छिपाइ चरेस नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले उनीहरुलाइ नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद चरेश र मोटरसाइलकसहित आवश्यक कारबाहीका लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझाएको प्रहरीले जानकारी दिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us