सरकारले भ्रष्टाचारविरुद्ध स्टन्टमात्र गर्यो्:ओली

काठमाण्डु टुडे २०८० असार २६ गते १५:४४ मा प्रकाशित

काठमाण्डु,२६ असार-  सरकारले भ्रष्टाचारविरुद्धको ‘स्टन्टबाजी’ गरिरहेको बताएका छन् ।

मंगलबार नेकपा एमाले वागमती संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले भ्रष्टाचारविरोधी काम गर्यौं भनेर तमासामात्रै देखाएकाले भ्रष्टाचारीलाई कारबाही हुन्छ भनेर विश्वास गर्न नसकिने बताए ।

अध्यक्ष ओलीले भने, ‘यो जनतालाई भ्रम दिएर वाहवाही लुट्ने षड्यन्त्रमात्रै हो । यसबाट केही हुनेवाला छैन । जहाँ ताक्न खोज्या, त्यहाँ लाग्नेवाला छैन । यिनिहरुले के गर्छन् ? यिनीहरुले भकुण्डो भित्तामा हान्छन् फर्केर आफ्नै टाउकोमा लाग्छ ।

जो भ्रष्ट तत्व छन्, तिनै तत्वहरुले भ्रष्टाचारविरोधी भनेर अभिनय गरिरहेका छन् ।’ जो अविश्वशनीय छन्, भ्रष्ट तत्वहरुले भ्रष्टाचारविरोधी अभिनय गरिरहेका छन् । राष्ट्रिय राजनीति फिल्म हेरेको जस्तो भइरहेको छ’, ओलीले भने,

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us