
काठमाण्डु, २६ असार– भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ ।
बिहान पाँच बजे खोलिएको बाँध साँझ ८ बजेपछि बन्द हुने भारतीय पक्षले जनाएको छ । दार्चुला प्रशासनले आइतबार एक सूचना प्रकाशित गरी मंगलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म भारतीय पक्षले बाँध खोल्ने र महाकाली नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतेक रहन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको थियो ।
सिल्ट सफाईको कामका लागि बाँधको ढोका खोल्न लागिएको भन्दै धौलीगंगा पावर स्टेशन धारचुला पिथौरागढले दार्चुला प्रशासनलाई पत्राचार गरेको थियो ।
महाकाली नदीमा जलस्तर बढ्नसक्ने भएकाले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउनु हुन आदेशानुसार जानकारी गराइन्छ’, बाजुरा जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।