माल्टा पठाइदिन्छु भनी रकम ठगेको आरोपमा महिला पक्राउ

काठमाण्डु टुडे २०८० असार २५ गते १७:४५ मा प्रकाशित

काठमाण्डु, २५ असार- माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका९५ स्थायी घर भई हाल काठमाण्डुको तारकेश्वर नगरपालिका फुटुङ बस्नेक २९ वर्षीया सुष्मा तामाङ रहेकी छन् ।

तामाङले सञ्जय गिरीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दैक पटक-पटक गरी ५ लाख ८५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us