मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठुला नेता संलग्न छन् :पदम गिरी

काठमाण्डु टुडे २०८० असार १७ गते १३:५२ मा प्रकाशित

काठमाण्डु ,१७ असार- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठुला नेता र प्रहरीका उच्च अधिकारीहरूको संलग्नता रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा भाग लिँदै उनले मिटरब्याजीको संरक्षक राजनीतिक दल र ठुला नेताहरू भएको बताए । यस्तै उनले उक्त प्रकरणमा प्रहरीका उच्च पदस्थ कर्मचारीहरू र राष्ट्रसेवक कर्मचारी पनी संलङ भएको बताएका छन।

उनले प्रतिनिधि सभामा आएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मिटरब्याजी पीडितलाई न्याय दिनका लागि नभई झुक्क्याउनका लागि ल्याएको बताए।

उनले मिटरब्याजको विरुद्धमा सरकारले राम्रो ऐन बनाउनुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us