
काठमाण्डु ,१६ असार- भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका९९ पलासेका ३३ वर्षीय रामकुमार सार्की रहेका छन। सार्की यही असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।