पहिरोका कारण नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

काठमाण्डु टुडे २०८० असार १६ गते ८:०२ मा प्रकाशित

काठमाण्डु, १६ असार– पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तीन किलोमा बिहान पहिरो खसेको हो । यसअघि सोही स्थानमा पहिरोका कारण बिहीबारदेखि अवरुद्ध सडक शुक्रबार साँझ सुचारु भएको थियो ।

पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास जारी रहेको चितवन प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us