सर्वोच्चले बालेनसँग माग्यो लिखित जवाफ

काठमाण्डु टुडे २०८० असार १२ गते १८:०१ मा प्रकाशित

काठमाण्डु,१२ असार- सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग लिखित जवाफ मागेको छ ।

मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त मुद्दामा मेयर बालेनसँग लिखित जवाफ माग्ने आदेश दिएको हो । यसअघि सरकार र अदालतलाई आफूले नमान्ने बरु कारबाही भोग्न तयार रहेको अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध रिट दर्ता गरेकी थिइन्।

उक्त रिटमाथि सुनुवाइका लागि आइतबार र सोमबार पेसी पेसी तोकिएपनि ‘हेर्न नभ्याउने’मा परेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us