माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

काठमाण्डु टुडे २०८० असार १२ गते १७:४२ मा प्रकाशित

काठमाण्डु ,१२ असार- नेपाल कम्युनिस्ट पार्टी पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको समय सरेको छ ।

सबै प्रदेशहरूमा बजेट अधिवेशन चलिरहेको र असार मसान्तसम्म चालु आर्थिक वर्षको हिसाब फर्छ्यौट गर्नुपर्ने कारणले गर्दा बैठक सरेको हो । असार २३ गते बस्ने भनिएको ‘केन्द्रीय समितिको बैठक २०८० साल साउन १७ गते काठमाण्डुमा बस्नेगरी सरेको छ’,

माओवादी केन्द्रले मंगलबार केन्द्रीय सदस्यहरुलाई जारी गरेको सुचनामा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us