
काठमाण्डु ,१२ असार- बागमती प्रदेशसभा बैठक १० मिनेट बसेर स्थगित भएको छ ।
मंलबार निर्धारित समयभन्दा २ घण्टा ढिलागरी सुरु भएको बैठक १० मिनेट बसेर पुनः ४ बज बस्नेगरी स्थगित गरिएको हो । बैठकमा प्रदेशसभाको विषयगत समितिहरू घोषणा गरिएको छ ।
प्रदेशसभामा कायम रहेको प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति घोषणा गरेर बैठक स्थगित गरिएको छ ।
प्रदेशसभाको अर्को बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ । उक्त बैठकमा एमाले र राप्रपासहितका सांसदहरुले विरोध गर्ने भएका छन् ।