चीनमा पहिरोमा परी ७ जनाको मृत्यु

काठमाण्डु टुडे २०८० असार १२ गते १५:५५ मा प्रकाशित

एजेन्सी- चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा मङ्गलबार बिहान पहिरो जाँदा सात जनाको मृत्यु भएको छ ।

छोटो अवधिमा परेको भारी वर्षाका कारण वेनचुआन काउन्टीको मियाँसी टाउनसिप र वेइझोउ टाउनसिपमा पहिरो गएको काउन्टीको आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ।

मङ्गलबार बिहान १०:३२ बजेसम्म पहिरोबाट प्रभावित ९०० भन्दा बढीलाई स्थानान्तरण गरिएको थियो । चार सयभन्दा बढी उद्धारकर्मी बेपत्ताको खोजी कार्यमा संलग्न छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us